चैत्र १३, काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितपछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् ।