• २०८३ बैशाख १९ गते शनिवार

एमाले अध्यक्ष ओली अस्वस्थ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

उनलाई  रूखाघोकीसहित ज्वरो आएपछि बिहीबारका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ।

बिहीबार भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन्।

ओली बालकोटस्थित निवासमा आराम गरिरहेका छन्।

बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन्।

Sharing

प्रतिक्रिया दिनुहोस