• २०८३ बैशाख ९ गते बुधवार

माधव पक्षका सांसद संसदीय दलको बैठकमा सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । उक्त बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।

माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिए । आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस