चैत १३, काठमाडौं । काठमाडौं फोहोर विर्सजन गर्ने स्थान ल्याण्डफिडमा फोहोर मैला लान रोक लगाइएको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यबस्थापन सर्घष समितीले फोहोर रोकेको हो ।

काठमाडौं महानगरपालिका , कार्यपालिकाको फोहोर मैला प्रभावित क्षेत्रका विद्यालयहरुलाई शिक्षक दरवन्दी प्रदान गर्ने ५२ औं निर्णय कार्यन्वयन गर्ने र फोहोर मैला प्रभावित क्षेत्रका विद्यालय माध्यमिक तह सम्को निशुल्क शिक्षा पुर्ण रुपमा लागु गर्ने माग राखी फोहोर मैला रोकिएको हो ।

