• २०८३ बैशाख ६ गते आइतवार

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १२, झापा । झापाको दमकमा रहेको पूर्वराजा ज्ञानेन्द्रको चिया बगानमा आगलागी भएको छ । दमक–९ मा रहेको हिमालय गुडरिक चिया बगानमा बुधबार साँझ आगलागी भएको हो।

पूर्व राजाको स्वामित्वमा रहेको सो बगानको दक्षिणपश्चिमपट्टी बगानमा आगलागी भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको खबर पाएर पुगेको दमक नगरपालिकाको दमकल सडक नभएका कारण सो बगानभित्र प्रवेश गर्न नसकेपछि स्थानीयवासीहरु मिलेर करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस