• २०८३ जेष्ठ १० गते आइतवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, नवलपरासी- पूर्व । कावासोती नगरपालिका-१३ बस्ने ५४ वर्षीय कृष्ण गुरुङको तमुको किराना पसलमा तास खेलिरहेको अवस्थामा कृष्ण गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी-पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २ सय ७५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस