• २०८३ असार ८ गते सोमवार

माछापुच्छ्रे बैंकद्वारा वीरगञ्ज तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि।ले वीरगञ्ज तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज तरकारी तथा फलफूल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा।राजनकृष्ण पन्त र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्युआर कोड सेवा सुरु भएसंगै वीरगञ्ज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस