• २०८३ जेष्ठ ७ गते बिहिवार

अध्यक्ष दाहालले दिए मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुरधाम बनाउन सफलता प्राप्त गरेकामा उनले बधाई दिएका हुन् ।

उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “हार्दिक बधाई १ हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।,”

Sharing

प्रतिक्रिया दिनुहोस