• २०८३ जेष्ठ २ गते शनिवार

चितवनका वनमा डढेलो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र ११, चितवन । चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो ।

भरतपुरसँग जोडिएका सामुदायिक वनहमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाइ हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो। पहाडी क्षेत्रमा बाटो र बस्तीभन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने सामुदायिक वनका प्रतिनिधिले जानकारी दिएका छ्न । गतवर्ष चितवनमा पाँच सय हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब एक सय हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको अलावा चितवनमा जिल्ला वन कार्यालय मातहतमा पनि ठूलो क्षेत्रफल वनले ढाकिएको छ। चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी क्षेत्रमा रहेको राष्ट्रिय वन पनि जोडिएका छन्। फागुनदेखि वैशाखसम्म यी क्षेत्रमा आगलागी निकै हुने गर्छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको भर पर्नेहरुले पालुवाको लोभमा आगजनी गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार निकुञ्जले नियन्त्रित आगलागी गर्ने गरेको छ । झाडी फाड्न घाँसे मैदान निर्माण गर्नलाइ आगलागी गर्ने गरेको उहाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस