जेठ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको हो ।
शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा प्रधानमन्त्री ओली र कांग्रेस सभापती दृउवाको दाबी परेपछि राष्ट्रपति कार्यालयले दुबै पक्षको दावी नपुगेको भन्दै्र दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको विज्ञप्ती जारी भएपछि अबको निकासमा लागि मध्यरातमा मन्त्रीपरिसद बैठक बोलाईएको हो ।
राष्ट्रपती कार्यालयबाट जारी विज्ञप्तीमा जनाएअनुसार विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए भने त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेकामा दुबै पक्षको दावी नपुगेको भन्दै्र दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।