• २०८३ मङ्सिर ५ गते शुक्रवार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना भएको हो ।

मृत्यु हुनेमा स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते ३ जनाको विराट नर्सिङ होम र लहान नर्सिङ होममा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस