• २०८३ बैशाख २५ गते शुक्रवार

झापामा टिपरको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, झापा। टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नं को टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । दुर्घटनामा टिपर चालक दमक–४ बस्ने प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस