• २०८३ साउन २० गते बुधवार

नेप्से ४.७९ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं ।  नेप्सेमा आज सामान्य बढेको छ । आज बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंकम फाइनान्स, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ५८ करोड १० लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३४ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस