फागुन ५, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नेता वामदेव गौतम पनि नजाने हुनुभएको छ ।

सञ्चारकर्मीलाई जनाइएअनुसार गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नेता गौतमलाई पनि खबर आएको तर उहाँ संसदीय दलको बैठकमा नजाने भन्नुभएको छ।उहाँ ओली पक्ष र नेपाल-खनाल समूहको कुनै बैठकमा नजाने बताइएको छ । अध्यक्ष ओलीले बिहीबार बिहान ११ बजेका लागि बालुवाटारमा संसदीय बैठक बोलाउनुभएको छ ।ओली पक्षको बेठकअगावै नेपाल–खनाल समूहले सानेपामा आफूपक्षीय सांसदको छलफल आयोजना गरिसकेको छ ।