बैशाख २०, भक्तपुर – मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ स्वयम्भू सानो भर्याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका ५ घर भई हालस्वयम्भु सानो भर्याङ बस्ने २३ वर्षीय भाष्कर पौडेल रहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले २५० ग्रामको हात्तीको दाह्रा बिक्रीका लागि लैजाँदै गरेको अबस्थामा एकथान हात्तीको दाह्रासहित पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको हो । बुधवार नै भक्तपुरबाटै चितुवाको छाला र भालुको पित्तसहित ५ जना पक्राउ गरेको थियो ।