चैत्र ०५, झापा । बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सगुर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ३ का २१ बर्षीय मानव राजबंशी रहेका छन ।
बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।