• २०८३ कार्तिक २२ गते शनिवार

श्रद्धाञ्जली दिनै हतार, अस्पताल भन्छ– अवस्था ‘अत्यन्त गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ०४, काठमाडौं । अस्पतालले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचार भइरहेको जनाइरहँदा सामाजिक सञ्जालमा जोशीको निधन भएको भन्दै कांग्रेसका नेता कार्यकर्तादेखि लिएर मन्त्रीसम्मले श्रद्धाञ्जली दिएका छन् । नेता जोशीको नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचार जारी रहेको अस्पतालले बताइरहँदा उनको निधन भएको भन्दै सामाजिक सञ्जालमा नेता कार्यकर्ताहरुको श्रद्धाञ्जली दिएका हुन् ।

केही नेताहरुहरुले आफूले लेखेका स्टाटस डिलिट गरिसकेका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पनि सामाजिक सञ्जालमा उनको निधनको खबरले अत्यन्त दुखी बनाएको लेखेका थिए । तर पछि उनले आफूले लेखेको स्टाटस मेटाएका छन् ।


यसैगरी कांग्रेस युवा नेता प्रदीप पौडेलले पनि श्रद्धाञ्जली दिएको केही समयमै उक्त स्टाटस डिलिट गरिसकेका छन् । ट्वीटर प्रयोगकर्ता गोबिन्द दाहालले पनि नवीन्द्रराज जोशीको निधन भएको भन्दै ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसैगरी युपी लामिछानेले लेखेका छन्– ‘हल्लाको पछि नलागौँ, उपचारमा संलग्न डाक्टर र परिवारका सदस्यहरुसँग आवश्यक जानकारी लिऊँ । नवीन्द्र दाइको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस