चैत ३, काठमाडौं । मोरङ बुढिगंगा गाउँपालिका-४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-४ बस्ने २१ वर्षीय मो. साबिर मिया र धनुषा जनकपुर देब्राउरैठा बस्ने १९ वर्षीय पिगनेश झा रहेका छन् । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुफ्रिन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र फेनारगन ९७ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-२७ बस्ने ३१ वर्षीय बिनोद चौधरी र सोही महानगरपालिका-१७ बस्ने ३३ वर्षीय बिजय लामा रहेका छन् । ग.१ ख ९६१६ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।