चैत ३, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९५ एम्पुल, नुफिन ५ सय एम्पुल र फेनारगन २ सय ९५ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मौहावा-६ बस्ने १९ वर्षीय पप्पु कुमार यादब र सोही ठाउँ बेलाजितपुर-१५ बस्ने २६ वर्षीय सुवास कुमार यादब रहेका छन् ।
बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना।७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध ९नियन्त्रण० ऐन,२०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।