चैत ३, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।
तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ।