• २०८३ बैशाख १४ गते सोमवार

ग्लोबल बैंकद्वारा ‘८.५% ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८६/८७’ विक्री खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २, काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडले आजदेखि ‘८.५० प्रतिशत ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८६/८७’ विक्री खुला गरेको छ । कले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत १६ गतेसम्म लम्बिने छ ।

सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ । बैंकले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने जनाएको छ । ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, इक्राले ऋणपत्रलाई कम कर्जा जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस