• २०८३ जेष्ठ ५ गते मङ्गलवार

मझौला झ्याउरे लयमा कविता “जननी”

हिम श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

आमाको भोटो भयोनी छोँटो सकिन किन्नलाई
हे मेरि माता ,सबको दाता ,सकिन चिन्नलाई
म पाजी छोरो ,लफङ्गो मोरो ,कर्तव्य था छैन
आमाको लागि ,फरिया मागी , नलगी भा छैन

बगाई रगत ,हँसाई जगत , आफू नि रमाउने
देवी को भक्ती ,उनैको शक्ति ,यो धरा थमाउने
सहेर पीडा , पारेर चिरा , त्यो हिया उनले
रोएनन कैल्यै ,हाँसेर जैले ,दोजिया उनले

आज यो धरा ,देख्याछु बरा ,देन यो उनैको
पाएर प्रभा , सुनौलो आभा ,सुर्य र जुनैको
लडि र बुडि ,भरेर भुँडी ,चुसेर दस धारा
त्यो न्यानो काख ,असाध्यै चाख, पाइन्छ सहारा

हुर्किएँ बढें ,दुई अक्षर पढें,मै जान्ने मै सुन्ने
आयो नि बिचार, बलियो आधार ,उनैलाई उछिन्ने
सधैंको ब्यस्त,एकलै मस्त,बिर्सेर ती दिन
पर्खी नै पर्ने ,औंसिको दिन,उनलाई सम्झिन

लौ कस्तो आयो ,जमाना पनि ,कलिको प्रभाव
जस्ले त जोडे ,उसैलाई आज,सधैंको अभाव
मनको इच्छा ,मनैमा राखी ,दिड्दछिन् बिचरा
बुढेसकालमा ,हेरचाह गर्ने ,छैननी सहारा

तनहुँ हाल अफ्रिका

Sharing

प्रतिक्रिया दिनुहोस