चैत १, साउदी। साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि)मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।

साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गर्दै प्रवासी र स्वदेशी श्रमिक दुवैलाई बराबरी कानुन बनाएको छ। हाल साउदीमा रहेका एक करोड विदेशी कामदार यस काफला प्रणालीबाट लाभान्वित हुने बताइएको छ। श्रमिकको हितमा आएको काफला प्रणलीलाई मानव अधिकारवादी संस्थाहरूले भने आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् ।
यद्यपि, उनीहरुका अनुसार काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा अभैँ सुधारको खाँचो रहेको छ ।