• २०८३ असार १ गते सोमवार

एमालेको सचिवालय बैठक आजपनि बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज शनिबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

शुक्रबारको बैठकमा पार्टीको वर्तमान अवस्था, निर्वाचनको समिक्षा र पार्टी नेतृत्व बारे पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अन्य पदाधिकारीले आफ्नो धारणा राख्ने भट्टले जानकारी दिएका छन् ।

सचिवालयको आजको बैठक बिहान ११: ३० बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस