• २०८३ बैशाख ५ गते शनिवार

काठमाडाैंबाट लागूऔषध सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा मिर्चैया नगरपालिका-३ घर भएका १९ वर्षीय जोनसोन कुमार शाह र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय रबी पटेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले ७९ ट्याब्लेट सहित उनीहरुलाई फेला पारेको र शाहको कोठाबाट थप १ सय ८० ट्याबलेट नाइट्राभेट समेत बरामद गरेको छ । उक्त घटनाको थप अनुसन्धानको क्रममा सिरहा सिराहा नगरपालिका-९ घर भएका २३ वर्षीय मिलन यादबले तिनकुनेस्थित अन्नपूर्ण ब्वाईज होस्टेलमा लागूऔषध बेचबिखन गर्ने गरेको खुल्न आएपश्चात उक्त होस्टेलको कोठा तलासी गर्दा स्रोत नखुलेको ३ लाख ५० हजार रुपैयाँ फेला पारी मिलन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १४ हजार ३५ रुपैयाँ र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने सिक्का सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-११ मेन चोकमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस