• २०८३ बैशाख १३ गते आइतवार

नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग छैन: मुख्यमन्त्री गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, काठमाडौँ। नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नभएको बताएका छन । पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको ठोकुवा गरेका छन ।

गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेको भन्दै कडा आपत्ति जनाएका छन । उनले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने सपना नदेख्न माधव नेपाल समुहलाई सुझाएका छन । मुख्यमन्त्री गुरुङ माधव नेपालहरु एमालेमा आएको हो भने ओलीसँग झगडा गर्ने काम नगर्न पनि चेतावनी दिए ।

उनले भने, ‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो त थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु ।’ मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सातमध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने बताए । उनले भने, ‘पूर्व प्रधानन्यायाधीशहरू, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, विभिन्न पार्टी, नागरिक समाजको नामका गेरुबस्त्र धारण गर्नेहरू सबैले केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेकै हुन् । यी सबैको सामना गरेर हामी अघि बढ्यौं, अहिलेको राजनीतिमा ओलीलाई पराजित गर्ने कुनै नेता छैन, यो तथ्यलाई बुझ्न जरुरी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस