• २०८३ बैशाख १७ गते बिहिवार

स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, भक्तपुर। स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको हो ।

प्रहरीका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ स्रोत खोज्दा बताउन नसकेपछि बरामद गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस