कसैकसैलाई अहिलेको राजनीति, आमा मर्छे र पोइला जाउंला भनी असारमा कोदाको बिउ नराखि त्यसै बसेर पछि पुष लागेपछि अरु कोदो टिप्न गए जुन त्यो पोइला जान्छु भनेकि छोरीको आमा मरिनन तर उ पुषमा कोदोको बिउ खोज्न गएजस्तो भएको छ ।
तसर्थ “अघि चेते चेते नै पछि चेते होते नै” भनेजस्तो राजनीति भनेको संभावनाको खेल हो र नेता हुन चाहने मान्छेले एक हात पछि सरेपनि दस हात अघि बढ्न सक्नुपर्दछ । जनताको अगाडि आश्वासनको जल मात्र चढाउने नेता, सिद्दान्त नबुझि चाकरीमा रमाउने कार्यकर्ता, हावा हुन्डरीको पछि लाग्ने जनता भएको मुलुकमा नप सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सुधार आउछ न त नैतिकताको धरातल नै बलियो हुन्छ । हुन्छ त केवल “गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु” भनेजस्तो पार्टीमा होस या कुनैपनि संघ संगठनमा “काम गर्ने कालु, मकै खाने भालु” हुन्छ । जुन ब्यक्तिहरुसंग नैतिक धरातल मजवुत छ उ आफ्नो कर्तब्य पथमा अडिग भइ नै हाल्छ तर जो ब्यक्तिमा नैतिकता नै नभई लाचारीपन छ, त्यस्ता ब्यक्तिहरु यस समाजका धमिरा हुन । जसले न आफु सुधृएको महशुस गर्छन न त अरुको जय जयकार ठान्दछन ।
नेपालमा अहिलेको राजनीतिक परिबेस हेर्दा कुनै नेताहरु पराई घरबाट आफ्नो माइतिघर फर्कनेक्रममा कतिखेर ढोका खुल्छ भनेर पुन्पुरोमा हात राखेर आगनको छेउमा पर्खिबसेका छन । उनीहरुको हालत भएको छ दात फुक्लेको सिंहजस्तो अनि बिष निकालेको सर्प झै निरीह अबस्थामा सल्बलाई रहेका छन ।
बिदेसी शक्तिहरु नेपालमा राजनीतिक, सामाजिक तथा दिगो आर्थिक बिकास भएको हेर्न बिल्कुल चाहदैनन । यसैको फल हो अहिलेको दुइ तिहाई कम्युनिस्ट सरकारको हालत, जहाँ बिदेशी लगामको जालोमा टुक्डा टुक्डा पारेर रमिता हेरिएको छ । हुन त राष्ट्रभक्त, जनताप्रेमी नेता नभएका पनि होइनन । तथापी विभिन्न दलका राजनेताहरु भने आफ्नो राजनैतिक संस्कारलाई तिलाञ्जली दिएर धैर्यताको बाधै टुटाई बिदेसीको गोटी बनि क्षणिक पद, पैसा र प्रतिष्ठा प्राप्तिको लागि ज्यानै अर्पिने बानिले गर्दा अबका दिनमा नेपालमा राजनीतिक स्थायित्व नहोलाकि भन्ने चिन्ताले सताइरहेको अबस्था पनि छ ।
जहाँ राजनीतिक स्थायित्व हुदैन, त्यहाँ न सामाजिक तथा आर्थिक बिकासको सम्भावना देखिन्छ, न त सांस्कृतिक तथा धार्मिक मान्यताले स्थान पाउछ । पद र प्रतिष्ठाको लडाइले गर्दा समय परिस्थितिनुसार यस्ता खलनायक पात्रहरु जन्माइदियो कि, आफ्नो जन्म घर नै फर्किन नपर्ने गरी छंदा खादाको दुई तिहाईको सरकार ढाल्न खोजी प्रतिकृयाबादी शक्तिहरुसँग मिलेर सडकमा बसी हामी यहां छौ लेखेको प्ले कार्ड झुन्ड्याउनसमेत पछि परेनन । तर अहिले तिनै नेताहरु हामी जनताको सेवक, राष्ट्रभक्त र स्थिरता चाहन्छौं भन्न कत्ति पनि लाज मानिरहेका छैनन । अनि घर कहाँ हो, अझै टुङ्गाे लागेको छैन ।
बांकी रह्यो नेकपा ह्यन्ड्लिङ गर्ने पात्रहरुका कुरा, साच्चै नेकपा जोडिएर चुनाव पश्चात ओलि प्रधानमन्त्री भएको केहि दिनदेखि केहि खलनायक कम्युनिस्टहरुको निद हराम भएकै हो र पार्टीको सहयोग सरकारलाइ भएन नै । उल्टो सत्ता, कुर्ची र भागबन्डाको राजनीतिमा तत्कालिन नेकपा अल्झिनु यो दुखद घटना र कार्यकर्तामाथिको अघोषित प्रहार पनि थियो ! यदि कम्युनिस्ट एक भइदिएको भए र आपसमा समझदारिताका साथ अगाडि बढेको भए अहिलेको परिस्थितिमा केहि दलहरु “जसलाई जनताले सरकारमा बस्ने अधिकारबाट बन्चित गरेका थिए” लाई प्रभू, सत्ताको चावी लिनुपर्यो भनी किन गुहार्नु पर्थ्यो र ?
तर बिडम्बना ! कम्युनिस्ट नेताज्युहरु, पार्टीको बैठकमा उठ्ने एजेन्डाहरु पहिलै पत्रकारलाइ कसरी थाहा हुन्छ ? होइन भने अझै धोतीको लङ्गाैटी भिर्ने कम्युनिस्ट नेताको पहिचान गरि डाँडा कटाइदिएहुन्छ नत्र यस्ता भाइरस राख्ने हो भने पार्टी कहिलै उभो लाग्दैन र भारत खेलिरहन्छ, नाचिरहन्छ अनि हाँसिरहन्छ तर हामी भने कम्युनिस्टको खोल ओढेर परिस्थितिले जस्ता खलनायक पात्रहरु जन्माएको छ तिनैको लङ्गाैटीमा ज्याला मजदुरी गरिरहने छौ ! न कि समाजबादी बाटो त कता हो कता !