फाल्गुन २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने बताएका छन । माओत्सेतुङले ६७ वर्षमा क्रान्ति गरेको स्मरण गर्दै बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा नयाँ पुस्ताहरुलाई नछाड्ने बताउनु भएको हो ।
प्रचण्डले आफूले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताउदैं फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुईरचार वर्ष जनताका बीचमा जाने सोच बनाएको बताउनु भयो । म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ उहाँले भन्नुभयो ।
दाहालले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रने बताउँदै साथ र सहयोगका लागि कार्यकर्तालाई अपिल गर्नुभयो ।