फागुन २७, कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध सहित दुइ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कत्तचनपुरको शुल्लाफाँटाका प्रकाश ठगुन्ना र राम चन्द्र भाट रहेका छन्।
उनीहरुको साथबाट प्रेगास्टर–ट्याव्लेट–१४,कफट्याब–डि ट्याबलेट–८७, नाइट्रोभेट–ट्याबलेट– १०, खैरो धुलो पदार्थ–२.०२ग्राम, चरेश जस्तो देखिने कालो पदार्थ ३.५ आना बरामद गरिएको छ । उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेवमा नम्बर ७ म.१ प.५८९६ नम्बरको होण्डा साईन मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो।