फागुन २७, जनकपुर । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुससहित रंगेहात पक्राउ गरिएको छ । बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाललाई रंगे हात पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएका हुन् । हाल पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।