• २०८३ बैशाख ११ गते शुक्रवार

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : राजेन्द्र महतो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाउनुभयो ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उहाँले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताउनुभयो । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस