• २०८३ बैशाख २० गते आइतवार

सप्तरीमा पिकअपको ठक्करबाट एक को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, सप्तरी। सप्तरीमा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार साँझ सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका–१ जण्डौलमा प्रदेश नं ३–०१–०२४च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको पैदलयात्री चौधरीलाई ठक्कर दिएको हो । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा ल्याइएको छ । प्रहरीले पिकअप गाडी र चालक कपिलवस्तुको बाह्रगङ्गा नगरपालिका–४ का दीपेन्द्र थापालाई पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस