• २०८३ बैशाख ८ गते मङ्गलवार

एकीकरण गर्ने भए १५ दिनभित्र आउन निर्वाचन आयोगको समय सीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २५, काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई दल एकीकरण हुने भए १५ दिनभित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन आयोगले पत्राचार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टीको नाम विवादका विषयमा गरेको उत्प्रेषणको आदेशपछि आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई अलग अलग रुपमा साविककै दलका रुपमा रहेको जानकारी गराउने निर्णय गरेको छ । यसअघि आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भने पार्टीको नाम संशोधन गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको विज्ञप्ती

 

 

Sharing

प्रतिक्रिया दिनुहोस