• २०८३ बैशाख १७ गते बिहिवार

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालयमा पहिल्यैको अवस्थामा रहने गरि बोर्ड राखिएको हो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो। यस्तै आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न दिउँसो १ बजे बैठक बस्दै छ। उक्त बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस