• २०८३ बैशाख ७ गते सोमवार

अवैध लागूऔषध सहित बिभिन्न ठाउँबाट ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २०, काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ९ सय एम्पुल नोर्फिन, ९ सय एम्पुल फेनारगन र ९ सय एम्पुल डाईजेपाम सहित बारा सुवर्ण गाउँपालिका-७ घर भएका १९ वर्षीय सोनु कुमार यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै झापा भद्रपुर नगरपालिका-६ बाट १७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय बिशाल मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डब्लुबी ७४ ए क्यू ३८६४ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ, तराजु र स्कुटर सहित पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुर बेदकोट नगरपालिका-१० दैजी बजारमा पसल संचालन गरी बस्ने सोही नगरपालिका-१ घर भएकी ४० वर्षीया पार्वती बोहरालाई २ सय ९३ ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार दिउँसो प्रहरी पक्राउ गरेको छ । उनले लागूऔषध चरेश बिक्री गर्दै आएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्हरीले सर्लाही लालबन्दी नगरपालिका-१३ पानी टयाङकीस्थित लखनदेही खोलाबाट करिब ८ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी पिपरा गाउँपालिका-३ बस्ने २८ वर्षीय रामआश्रे यादव र सोही ठाउँ बस्ने १९ वर्षीय चन्दन महतो रहेका छन् । प्र २-०२-००१ प ९८८८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार महतोको साथबाट उक्त परिमाणको गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस