• २०८३ बैशाख १८ गते शुक्रवार

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षक पेसागत क्षमता विकास तालिमको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फाल्गुन १९, रोल्पा । शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा थबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत आधारभूत तहकक्षा १ देखी ३ सम्मको शिक्षक शिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षक पेसागत क्षमता विकास तालिमको उद्घाटन गरिएको छ । थबाङ गाउँपालिका समाजिक विकास शाखा संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष उदिम घर्ती मगरको अध्यक्षतामा सन्चालन भएको १० दिने तालिमको उद्घाटन थबाङ गाउपालिका उपाध्यक्ष रामकिरणी रोकामगरले गर्नु भएको हो ।

१० दिने एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षक पेसागत क्षमता विकास तालिममा शुभकामना मन्तव्य राख्दै शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख यमबहादुर केसीले हामी जब लेखाई, सुनाई र बोलाइमा सुधार गर्छौ तवमात्रै हाम्रो शिक्षण सिकाईमा सुधार हुने बताउनु भयो । हामीले पढ्दै गर्दा विषयगत पाठ्यक्रमको आधारमा पढ्यौ र गत वर्षहरुमा त्यही विषयगत आधारमा अध्ययन अध्यापन गराउदै आयौ तर यस शैक्षिक क्षेत्रबाट आधारभुत तहमा एकिकृत पाठ्यक्रम लागु भैसकेकोले अब हामी त्यही पाठ्यक्रम अनुुसार शिक्षण गराउनु पर्ने भएकोले तपाईहरुको लागी यो तालिम विशेष महत्वपुर्ण तालिम भएको ध्यान दिएर क्रियाशिल भएर तालिम लिनुहुन प्रमुख केसीले अनुरोध गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगरले पाठ्यक्रम नया आएसँगै तपाईहरुको लागीआफ्नै ठाउमा यसरी तालिमलिने अवसर जुटाएकोमा शिक्षा तालिम केन्द्र रुपन्देहीको टिमलाई धन्यवाद दिनु चाहान्छु । हामी पढ्ने समयमा हामीलाई पढ्नु हुदैन भनेर हामी पढाइबाट बन्चीत भयौँ तर अहिले समयसगैं नयाँ पाठ्यक्रम नयाँ नयाँ कुराको अनुसन्धान ज्ञानसगैं हाम्रो बालबालिकाले शिक्षण गर्न आवश्यक रहेकोले यस्ता तालिमको आवश्यक रहने उहाँले बताउनु भयो । कयौँ विद्यार्थीको जिवन एक शिक्षकमा भर पर्ने भएको शिक्षिक शिक्षिकाहरु पनि त्यसै अनुसार नयाँ ज्ञानको आवश्यक हुने भएको यस सुखद अवसर मिलेको तालिममा तपाईहरुले राम्रो सँग ज्ञान हासिल गर्न समेत अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रमको समापनगर्दै समाजिक विकास शाखा संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष उदिम घर्तीमगरले आफ्नै ठाउँमा आएर तालिम प्रदान गर्ने शिक्षा तालिम केन्द्र रुपन्देहीलाई धन्यवाद दिदै, तालिममा सहभागी भएर शिक्षक शिक्षिकाहरुले आफुले सिकेको ज्ञानलाइ व्यवहारमा उर्ताने कुरामा आफु विश्वस्त भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी प्राविधिक सहायक सुनिता महतराले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षातालिम केन्द्र रुपन्देहीका लेखा अधिकृतदामोदर पन्त, अधिकृत तुल्सीराम ज्ञावाली, प्रशासन सहायक शुरेशसुमन वुद्धाचार्यलगायतले तालिमको सहजिकरण गर्नु हुने छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत आधारभूत तहकक्षा १ देखी ३ सम्मको शिक्षक शिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षक पेसागत क्षमता विकास तालिममा थबाङ गाउँपालिकाका प्रत्येक स्कुलबाट एक एकजना गरेर २५ जनाशिक्षक शिक्षिकहरुको तालिमा सहभागी रहनेछन् भने तालिम फाल्गुन २८ गते सम्म सन्चालन हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस