• २०८३ जेष्ठ १० गते आइतवार

बारीमै थन्किन्छन मुगालीका स्याउका बिरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

फागुन १९, मुगु । जिल्लामा पछिल्लो समय मुगुमा स्याउका बिरुवा उत्पादन गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको छ । मुगुमा स्याउका बिरुवा उत्पादन बढी भएको र माग कम भएको हुदा स्याउका बिरुवा बिक्री नहुदा कृषकहरु निरासामा रहेका छन् ।

जिल्लाका लागि स्याउ पकेट क्षेत्र मानिने ताल्चा , बाम ,रोवा , कालापाल्त , बामका कृषकहरुले यो बर्ष उत्पादन गरीएका रेड डेलिसियस,ईटालियन फुजि, रोयलडेलिसियस,रोएल गोल्डेन,जोनाथन काले,पोलिनाईजर भाले, जातका स्याउका बिरुवा बिक्री नहुदा लाखै मूल्यका बिरुवा खेर जाने भएको हुदा बर्ष भरी गरेको लगानि र मिहेनेत खेराजाने भएको ब्यावसायरुपमा कृषीमा काम गर्ने कृषकहरुलाई सैलिएत र अनुदानको कार्याक्रम संघियता आए पछि तिनै तहका सरकारले कुनै पनि कार्याक्रम नल्लाएको हुदा ब्यावसाय गरि जिवन निवाह गने कृषक मारमा परेका छ । भर्ने तिनै तहका सरकारले कृषि क्षेत्रका जति लगानि गरे पनि आफ्नै कार्यक्रता पाल्र्ने कार्यक्रम ल्गाएको ब्यवसाय गरि रहेका कृषकहरुको गुनासो रहेको छ ।

गर्त बर्ष बिरुवा कम थिए माग बढी आयो यो बर्ष सरोकार वाला निकायहरुका स्याउका बिरुवा बितरण गर्ने कार्याक्रम कम भएको हुदा बिरुवा बढी छन माग काम भएको हुदा १लाख ७० हजार रुपैया बरावरको बिक्री भएका छन । २लाख ५०हजार मूल्य बरावरका स्वाउका बिरुवा खेरजाने भएको छन अर्को बर्ष लगाउन यो बिरुमा नमिल्लर्ने भैसकेका हुन्छन । तिनै तहका कृषि सम्बन्धि काम गर्ने कृषक मुखी योजना नभएका र पार्टिका कार्याक्रता मुखी योजना गरि योजना दिर्ने गरेको भेटीएका छन । हामी मुगुका बास्तबिक कृषक मारमा रहेको छायानाथ रारा नगरपालिका ५ ताल्चा रितु नर्सरी फमका ब्यावस्थापक मणि चन्द्र भामले बताए ।

यस बर्ष जिल्ला कृषि बिकास कार्यालय मुगुले स्याउका बिरुवा उत्पादन गर्ने कृषकहरुको सुचिकृतको लागी माग गर्दा जिल्लामा रहेका स्वाउका बिरुवा उत्पादन गर्ने ७ वटा र्नसरि बाट मात्र उत्पादन गरिएका ७२ हजार १ सय ६० बिरुवा उत्पादन भएका छन भर्ने जिल्लामा रहेका कृषि सम्बन्धि काम गर्ने सरकारी गैरसरकार निकायका बार्षिक कार्यक्रम अनुसार आरसिडिसी मुगुको २६ हजार स्याउका बिरुवा र कृषि बिकास कार्यालय मुगुले ६ हजार ५सय गरि जम्मा ३२ हजार पाँच सय बिरुवा मात्र खपत हुर्ने छन भर्ने बाँकी ३९ हजार ६ सय ६० बिरुवा खेरजाने भएको जिल्ला कृषि सबकास कार्यालयको एक तथ्याङ्गकले जनाएको छ ।

सरकारी दररेट पाउदैनन् मुगुका स्याउ कृषक
मुगुमा स्याउका विरुवा उत्पादन बढि भएता पनि यहाका किसानहरुले स्याउका सरकारी दररेटको मुल्य पाएका छैनन । सरकारी दर रेट अनुसार प्रत्येक विरुवाको रकम ७० रहे पनि कृषि विकास कायालयको तथ्यांकमा ६० मात्र निर्धारण गरिएको छ । यसरी सरकारी कार्यालयले दररेट निर्धारण गर्दा यहाका स्याउ किसान मर्कामा परेका छन् । पछिल्लो समय सरकारी कार्यालय एक तर्फ निर्धारण गरि दिएको छ भने अर्कौ तर्फ किसानहरुको उत्पादन गरेका स्याउका विरुवा बिक्रि गर्ने प्रतिस्पर्धाले सरकारले निर्धारण गरिएको दर रेट अनुसार मुल्य नपाउदा थप मर्कामा परेको सागर हिउँदे फलफुल नर्सरी फर्मका सञ्चालक बाँचे कामिले बताए ।

उनका अनुसनर यहाका नागरिकहरुको मुख्य पेशानै कृषि हो तर सरकारी कार्यालयले आफ्नै तवर बाट स्याउ विरुवाको दर रेट निर्धारण गर्दा किसानहरुका स्याउका विरुवा नर्सरीमै थन्किने गरेको कामिको भनाई छ । कृषि कार्यालयले आफ्नै नियम अनुसार दर रेट तोके पछि यहाका स्याउ किसानहरुको लाखौ मुल्य बरावरका विरुवाहरु खेर गएको बताएका छन् । कृषि विकास कार्यालय मुगुका बागवानी शाखा प्रमुख दुर्गा बहादुर शाहीका अनुसार विगतका वर्षहरुमा स्याउका विरुवा उत्पादन गर्ने किसानहरु न्युन मात्र रहेका थिए त्यसै अनुरुप स्याउका विरुवा माग पनि बढि हुने र खपत पनि बढि हुने गरेको थियो उनले भने यस वर्ष स्थानीय सरकार अन्य संघ संस्थाहरुको स्याउका विरुवा बिक्रि वितरण कार्यक्रम कम भएको हुदा कृषकका विरुवा उत्पादन बढि भएको हुदा कृषकहरुको एक आपसमा विरुवा विक्रि वितरण गर्न प्रतिस्पर्धा भएको हुदा कृषकले सरकारी दररेट अनुसारको मुल्य नपाउनु, विक्रि नहुदा यहाका स्याउका विरुवाहरु खेरा जाने देखिन्छ । कृषि विकास कार्यालयले निति नियम निर्देशन अनुसार आफ्ना कार्यक्रम अगाडी बढाईएको शाखा प्रमुख शाहीको भनाई छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस