• २०८३ बैशाख ३१ गते बिहिवार

कर्णालीका ९ जिल्लामा कोरोना सङ्क्रमणमुक्त

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, मुगु । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । कर्णालीका सुर्खेत बाहेक अन्य सबै जिल्लामा कोरोना भाईरसका सक्रिय संक्रमित नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलवार सम्म मुगु सहित कर्णाली प्रदेशका जिल्ला दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको बताईएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१ , मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो ।

प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस