• २०८३ जेष्ठ ३० गते शनिवार

स्याङजामा भरुवा बन्दुक सहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, स्याङजा। भरुवा बन्दुकसहित एकजनालाई स्याङजाको पुतलीबजारबाट प्रहरीले पक्राउ गरेको छ । आज बिहान पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस