• २०८३ भाद्र ४ गते बिहिवार

प्रहरी जवानको लिखित परीक्षा केन्द्र तोकियो (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ९, काठमाडौं । लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं.०१ (०७७/७८) (खुला, समावेशी) प्रहरी जवान (जनपद) पदको लागि लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्जबाट विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षा भवन कायम गरिएको हो ।

साथै सूचनामा लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सक्कलै नागरीकताको प्रमाण(पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराईएको प्रवेश–पत्र साथमा लिई परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन् भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस