फागुन ५, काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ। बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका हुन ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित गरिएको हो । प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन्। मंगलबार मात्र नेकपाको प्रचण्ड(नेपाल पक्ष र सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता सभामुख श्रेष्ठले गरेका थिए ।