फाल्गुन ४, कपिलवस्तु। शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले आफ्नै भान्जीलाई बलात्कार गरेका छन । १६ बर्षकी भान्जीलाई ट्याक्टरले सडक बिगारेका कारण बाटो बिग्रीएको भन्दै अर्कै बाटो लगेर खोला किनारमा पुर्याई राति बलात्कार गरेका हुन ।
पीडित किशोरीका अनुसार कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए । प्रहरीका अनुसार घरबाट दीदीले आफ्ना भाइलाई छोरीलाई घर पुर्याइ दिन आग्रह गरेकी थिइन् । जेठा भाईले कान्छो भाइलाई भान्जीलाई घर पुर्याइदिन आग्रह गरेका थिए । कान्छा मामासँग बाइकमा घर गएकी भान्जीले मामाबाटै बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।
प्रहरीले आइतबार नै मुद्धा परेको र पीडक मामालाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पक्राउ परेका मामाको सम्बन्धमा थप अनुशन्धान गरी कारवाही अघि बढाइने कपिलवस्तु प्रहरीले जनाएको छ ।