• २०८३ बैशाख ३१ गते बिहिवार

तारकेश्वर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको सुचिकरण गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ३, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले आ.व २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको सुचिकरण गर्ने भएको छ । नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने बेरोजगार नागरिकहरुले आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन सकिने नगरपालिकाले बताएको छ ।

तारकेश्वर नगरपालिकाले सोमबार सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सम्पूर्ण सम्पुर्ण बेरोजगारहरुलाई रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको नगरपालिकाको रोजगार संयोजक प्रतिमा अधिकारीले जानकारी दिइन्। उनका अनुसार फागुन महिना भित्र अनुसुची १ बमोजिमको ढाँचामा निबेदन नगरपालिकामा बुझाउनु पर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस