• २०८३ जेष्ठ ५ गते मङ्गलवार

प्युठानमा मुस्लिम ईत्तेहात संगठन औपचारिक रुपमै विघटन

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, प्युठान । प्युठानमा नेकपाको शुभेच्छुक भातृसंगठन मुस्लिम ईत्तेहात संगठन औपचारिक रुपमा बिघटन भएको छ। शुक्रवार सरुमारानी १ बाङ्गेसालमा बसेको भेलाले एघार सदस्यिय जिल्ला कमिटी बिघटन गरिएको हो।

पार्टिले निरन्तर उपयोग तर, उपेक्षा गरिरहेको भन्दै उनिहरुले कमिटी नै भंग गरेका हुन। मुस्लिम समुदाय प्रती पार्टिको दृष्ट्रीकोण नबद्लिए पार्टी समेत परित्याग गर्न सकिने उनिहरुको भनाई छ।

मुलुकमा आमुल परिवर्तन भएपछि पनि मुस्लिमहरुलाई पार्टी कमिटीमा सहभागी नगराइनु, पार्टीमा मुस्लिम समुदायबाट प्रतिनिधीतब गर्ने नेतालाई षडयन्त्रपुर्वक कारबाही प्रक्रीया अघि बढाईनु, मुस्लिम ईत्तेहात प्रती पार्टी बेखबर हुनुले आम मुस्लिमहरु अचम्मित भएका छन् ।जिल्ला पार्टिले मुस्लिमहरुको इन्चार्ज र सहईन्चार्ज तोक्दा बिद्यान बिपरित तोकेको भन्दै उनिहरुलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बिज्ञप्तीमा उल्लेख छ। ‘सधै उपेक्षा र अपमानको भारी बोकेर बसिरहन सकिन्न’ बिघटित ईतेहातका जिल्ला सचिब सलिम मियाले भने,’ यो पार्टिलाई दवाव हो,’ पार्टिले बेलैमा ध्यान दिओस अन्यथा पाटी छोड्छौ।’ पार्टिले इत्तेहादलाई बेवास्ता त गर्यो नै मुस्लिम समुदायका मुद्धा तर्फ ध्यान नै दिएन।
यसले लोकतन्त्र र गणतन्त्रका लागि मुलुकमा विभिन्न समयमा भएका विभिन्न आन्दोलनमा मुस्लिमहरुको योगदानको कदर र पहिचान नगरिएको स्पष्ट हुने विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस