फागुन २,एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा निसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो ।
घरेलु टोलीलाई जित दिलाउनको लागि जुलयन ड्राक्सलर र मोइस किनले गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए । खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा रोनी लोपेसले बराबरी गोल फर्काए । ७६औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
लिलसँग समान ५४ अंक रहेपनि गोल अन्तरमा पीएसजी शीर्षस्थानमा रहेको छ । लिलले एक खेल कम खेलेको छ ।