कार्तिक २७, डोटी। उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएकी दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको रक्तश्राव नरोकिएपछि मृत्यु भएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिए ।
राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएर रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।