• २०८३ बैशाख ८ गते मङ्गलवार

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, ताप्लेजुङ। ताप्लेजुङबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।

लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस