• २०८३ बैशाख २७ गते आइतवार

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, सुनसरी। सुनसरीमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१८ स्थित घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को। ३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने रामधुनी नगरपालिका–१ का १९ वर्षीय आकाश चौधरी र १९ वर्षीय अनिमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित नै पक्राउ गरेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस