• २०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रपतिलाई तथानाम गाली गर्ने झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो, पक्राउको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने विभिन्न आरोप लगाउँदै भ्रामक प्रचार गर्ने विभाजित नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछ गर्न प्रहरीले बोलाउन लागेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनु भयो । विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको हो । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

झाँक्रीले गोरखाको कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विभिन्न संघ संगठनले कारबाही गर्न माग गरेका थिए । झाँक्रीले ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस